Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • ललितपुर डढेलोले घाइते अर्का व्यक्तिको पनि मृत्यु

    ललितपुर डढेलोले घाइते अर्का व्यक्तिको पनि मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 636
    SHARES

    पाटन । वैशाखः गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

    आगो निभाउन गएका शङ्कर र रमेश पहरी गम्भीर घाइते भएका थिए । शङ्करको मङ्गलबार तथा रमेशको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।



    गोदावरी नगरपालिका–६ टीकाभैरवको सामुदायिक वन, सोही नगरपालिकाको वडा नं ५ महादेव खोला सत्य सामुदायिक वन, वडा नं ४ बडिखेलको तपेश्वर मन्दिर वन, वडा नं ९ छेडा सामुदायिक वन, वडा नं ३ जयभद्र सामुदायिक वन, वडा नं १० चारघरे सामुदायिक वन, वडा नं। ९ ढुङ्गेनी पातले सामुदायिक वन, वडा नं २ ताप्लेछाप सामुदायिक वन, बागमती गाउँपालिका–५ कुँडुल्लेको सरकारी वन र महालक्ष्मी नगरपालिका–३ लुभु पातले सामुदायिक वनमा गएराति देखि आगलागी भएको प्रहरी उपरीक्षक सुवेदीले बताए । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेन र सशस्त्र प्रहरी बलको टोली परिचालन भएको उनले बताए ।



    यसैबीच, लेले जङ्गलमा लागेको डढेलो आनन्द वनमा फैलिएसँगै प्रहरी र स्थानीयको टोलीले त्यहाँ सञ्चालित कुष्ठरोग अस्पतालका त्रियानब्बे जना बिरामीलाई बज्रबाराही अस्पताल स्थानान्तरण गरेका गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिल्वालले जानकारी दिए । डढेलोमा फसेका १५ जनाको मङ्गलबार उद्धार गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार