Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • डढेलो निभाउँदा मृत्यु भएकाको परिवारलाई जनही ५ लाख रुपैयाँ राहत

    डढेलो निभाउँदा मृत्यु भएकाको परिवारलाई जनही ५ लाख रुपैयाँ राहत

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 279
    SHARES

    काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले डढेलो निभाउने क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई जनही ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

    गोदावरी वनमा सल्केको डढेलो नियन्त्रण गर्ने क्रममा गोदावरी नगरपालिका–४ बडिखेलका शंकर पहरी र रमेश पहरी घाइते भएका थिए ।



    उपचारको क्रममा दुवै जनाको मृत्यु भएपछि नगरपालिकाले राहतस्वरूप जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको जनाएको छ ।



    नगरपालिकाले बुधबार शोक व्यक्त जारी गर्दै कार्यपालिकाको आकस्मिक बैठकबाट मृतकको परिवारलाई ५/५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको उल्लेख छ ।

    नगरपालिकाका अनुसार अहिले सबै वडाहरूमा भीषण डढेलो लागेको र डढेलो नियन्त्रणका सबै उपाय अपनाउदा पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।

    डढेलो नियन्त्रणका लागि नगर प्रहरी, नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी, अग्नि नियन्त्रक र ललितपुर महानगरपालिकाको दमकल प्रयोग भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार