Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कर्णालीका नवनियुक्त ६ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    कर्णालीका नवनियुक्त ६ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 453
    SHARES

    कर्णाली । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    कँडेलले एमालेका ३ र माओवादीका ३ जना मन्त्रीलाई समेट्दै मंगलवार मन्त्रिपरिषद् विस्तार गरेपछि प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।



    माओवादीबाट दुर्गबहादुर रावत उद्योग पर्यटन, महेन्द्र केसी आर्थिक मामिला र वीरबहादुर शाही सामाजिक विकास मन्त्री बनेका छन् ।



    एमालेबाट दैलेखका विनोदकुमार शाह भूमि व्यवस्था, डोल्पाका शेरबहादुर बुढा भौतिक पूर्वाधार, रणसिंह परियार जलस्रोत तथा उर्जा विकास मन्त्री भएका हुन् ।

    दैलेखकी गमता विक भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्री भएकी हुन् । कृषि मन्त्रीमा नियुक्त भएका शाहले भने शपथ ग्रहण कार्यक्रम नै बहिस्कार गरेका छन् ।

    भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा दाबी गरेका शाहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएपछि उनले शपथ ग्रहण बहिस्कार गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार