Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कर्णालीको मुख्यमन्त्रीमा एमालेका कँडेल नियुक्त

    कर्णालीको मुख्यमन्त्रीमा एमालेका कँडेल नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 231
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश सभा संसदीय दलका नेता यामलाल कँडेलले नियुक्त भएका छन्।

    कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।



    सत्ता साझेदार एमाले र माओवादी केन्द्रबीचको सहमतिका आधारमा कँडेलले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।



    कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए ।

    कर्णालीमा सरकार गठनका लागि २१ जना सांसद्‌को आवश्यकता पर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार