Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डको निर्देशन – कर्णालीमा एमालेलाई मुख्यमन्त्री दिनू

    प्रधानमन्त्री प्रचण्डको निर्देशन – कर्णालीमा एमालेलाई मुख्यमन्त्री दिनू

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशमा नयाँ सरकार बनाउने भएको छ ।

    सत्ता गठबन्धनमा भएको सहमतिअनुसार एमालेकै नेतृत्वमा सरकार बनाउने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश कमिटीलाई निर्देशन दिएका हुन् ।



    यसअघि माओवादीका केही नेताले पार्टीले एमालेलाई नेतृत्व छाड्न नहुने अडान राख्दै आए पनि पार्टीले एमालेलाई मुख्यमन्त्री दिने सहमति भएकाले सोहीअनुसार गर्न प्रदेश कमिटीलाई सर्कुलर पठाएको हो ।



    कर्णालीमा हाल माओवादी केन्द्रका राजकुमार शर्माको नेतृत्व छ । उनले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए । कर्णाली प्रदेशसभामा ४० सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार