Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कर्णाली प्रदेशका नवनियुक्त मन्त्री परियारले लिए शपथ

    कर्णाली प्रदेशका नवनियुक्त मन्त्री परियारले लिए शपथ

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 237
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    परियारलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् । रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् ।



    बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो ।



    सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।

    चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले अझै पनि सरकारलाई पूर्णता दिन सकिरहेका छैनन् ।

    उनले आफ्नो दलबाट समेत एउटै मन्त्री नियुक्त गर्न सकिरहेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार