Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौंमा नै सार्वजनिक जग्गा अतिक्रमण गर्ने परिवार तीन हजार

    काठमाडौंमा नै सार्वजनिक जग्गा अतिक्रमण गर्ने परिवार तीन हजार

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 285
    SHARES

    काठमाडौं । संघीय राजधानी रहेको काठमाडौं जिल्लामा नै सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बस्ने परिवारको संख्या ३ हजार बढी रहेको पाइएको छ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न अध्ययन अनुसन्धानका आधारमा काठमाडौं जिल्लामा ३ हजार घरपरिवारले सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गर्दै आइरहेको पाइएको जनाएको छ।



    काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जितेन्द्र बस्नेतले केही समयअघि सहरी विकास मन्त्रालयले गरेको अध्ययन अनुसन्धानले काठमाडौंमा मात्रै सरकारी जग्गा अतिक्रमणमा ३ हजार घरपरिवार संलग्न रहेको देखाएको जानकारी दिए ।



    उनले भने– ‘केही समयअघि सहरी विकास मन्त्रालयले गरेको अध्ययनले काठमाडौं जिल्लामा मात्रै ३ हजार घरपरिवार सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेको देखाएको छ, जसमा २२ सय परिवार काठमाडौं महानगरपालिकाभित्रै छन् ।’

    ती ३ हजार परिवारले काठमाडौंमा २०३८ सालदेखि नै सरकारी जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आइरहेकाले उनीहरूलाई हटाउन निकै चुनौती रहेको बताइएको छ । नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार