Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • स्वदेश फर्किन् जापानकी विदेशमन्त्री खामिखावा

    स्वदेश फर्किन् जापानकी विदेशमन्त्री खामिखावा

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 357
    SHARES

    काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको स्वदेश फिर्ता भएकी छन् ।

    जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरिन् ।



    उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।



    भेटका क्रममा द्विपक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो ।

    राष्ट्रपति पौडेलसँगको भेटका क्रममा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा शून्य कार्बन उत्सर्जन नीतिको कार्यान्वयनका लागि आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको थियो ।

    त्यसैगरी, प्रधानमन्त्री दाहालसँगको भेटका क्रममा आर्थिक तथा सामाजिक क्षेत्रमा सहकार्यका लागि छलफल भएको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार