Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जापानी परराष्ट्रमन्त्री योकोले गरिन् बसन्तपुर क्षेत्रको अवलोकन

    जापानी परराष्ट्रमन्त्री योकोले गरिन् बसन्तपुर क्षेत्रको अवलोकन

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 258
    SHARES

    काठमाडौं । जापानी परराष्ट्रमन्त्री कामिकावा योकोले काठमाडौंको बसन्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेकी छन्।

    नेपालको एक दिने भ्रमणमा आएकी परराष्ट्रमन्त्री योको आइतबार दिउँसो दरबार स्क्वायर क्षेत्र पुगेकी हुन्।



    उनले कालभैरब मन्दिर, कुमारी घर लगायतको अवलोकन गरिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको आइतबार बिहान नेपाल भ्रमणमा आएकी हुन्।



    उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

    आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उनले द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    उनी आइतबार साँझ स्वदेश फर्किनेछिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार