Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लखनऊलाई ९८ रनले हराउँदै कोलकाता शीर्ष स्थानमा उक्लियो

    लखनऊलाई ९८ रनले हराउँदै कोलकाता शीर्ष स्थानमा उक्लियो

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 711
    SHARES

    लखनउ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्समाथि शानदार जित निकालेको छ ।

    आइतबार राति भएको खेलमा लखनउलाई ९८ रनले हराउँदै कोलकाता अङ्क तालिकामा शीर्ष स्थानमा उक्लन सफल भएको हो ।



    कोलकाताले प्रस्तुत गरेको २ सय ३६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा लखनउ १६.१ ओभरमा १ सय ३७ रनमा अलआउट हुन पुग्यो ।



    यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३५ रन बनाएको थियो । कोलकाताको यो ११ औं खेलमा आठौँ जित हो र उसको प्ले–अफ सम्भावना निश्चित जस्तै भइसकेको छ ।

    जितपछि ११ खेलबाट कोलकाताको १६ अङ्क छ । टोली नेट रनरेटको आधारमा राजस्थान रोयल्सलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ । लखनउ भने १२ अङ्कसहित पाँचौँ स्थानमा सीमित छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार