Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • वीरगन्जको व्यस्त सडकमा रहेको नबिल बैंकबाट १ करोड ३४ लाख चोरी, प्रहरी मुकदर्शक !

    वीरगन्जको व्यस्त सडकमा रहेको नबिल बैंकबाट १ करोड ३४ लाख चोरी, प्रहरी मुकदर्शक !

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 1.6K
    SHARES

    पर्सा । वीरगन्जको बाइपास रोडस्थित नबिल बैंकको शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चोरले टिनको बक्सा फुटालेर एक सय र बीस रुपैयाँको नोट चोरेका हुन् ।



    सो रकम चोरी भएको भन्दै बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ । आइतबार राति बैंकको ताल्चा फुटाई चोर भित्र प्रवेश गरेको बताइएको छ ।



    वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको पर्सा प्रहरीले जनाएको छ । चोरी भएको समयमा बैकमा सेक्युरेटी गार्डसमेत नभएको खुलेको छ । सेक्युरेटी गार्ड नभएका कारण घटना थप संकास्पद बनेको छ ।

    वीरगन्जको व्यस्त सडकमा रहेको उक्त बैंकबाट सो रकम चोरी भएको दुईदिन बितिसक्दा पनि प्रहरीले अझै चोरलाई भेटाएको छैन् । प्रहरी मुकदर्शक जस्तै बनेको छ ।

    प्रहरीका अनुसार चोरले ४/५ वटा बोरामा हालेर पैसा लगेका छन् । बैंकको ताल्चा फुटाएका चोरले चोरी गरि फर्किने क्रममा गेटमा नयाँ ताल्चा लगाइदिएका थिए ।

    सोमबार बिहान बैंकको गार्डले ताल्चा खोल्दा नयाँ ताल्चा लगाइएको पाएपछि प्रहरीलाई खबर गरेका थिए । सो घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार