Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नबिल बैंकको एटीएम मेसिन तोडफोड गर्ने युवक पक्राउ

    नबिल बैंकको एटीएम मेसिन तोडफोड गर्ने युवक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोज्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका वडा नं. २ बस्ने २४ वर्षीय पूर्णबहादुर खासु छन् ।

    भक्तपुरको कमलविनायकस्थित भत्केको पाटीमा रहेको नबिल बैंकको एटीएम मेसिन आज बिहान करिब पौने ३ बजेतिर तोडफोड गर्ने पूर्णबहादुरलाई प्रहरी वृत्त जगातीको टोलीले पक्राउ गरेको हो ।



    उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा उनको साथबाट १ थान मार्तल, १ थान फलामको रड र १ थान ह्याक्सो समेत बरामद भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।



    उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार