Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • एटीएम मेसिन फोडेर चोर्न खोज्ने एकजना पक्राउ

    एटीएम मेसिन फोडेर चोर्न खोज्ने एकजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २२ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटास्थित एनआईसी एशिया बैंकको एटीएम मेसिन फोडेर चोरी गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ३ बस्ने २३ बर्षीय कृष्ण बहादुर बि.क रहेका छन् ।



    एटीएम मेसिन फोडेर नगद रुपैयाँ चोरी हुँदै गरेको सूचना प्राप्त भए पश्चात् तत्काल प्रहरी टोली परिचालन गरेर कृष्णलाई जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



    उनलाई एटीएम मेसिन फोड्दै गरेको अवस्थामा पक्राउ गरिएको डीएसपी सुन्दर तिवारीले जानकारी दिए । उनलाई जिल्ला अदालत कास्कीबाट दिन ७ को म्याद थप अनुमति लिई चोरी उद्योग कसूरमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

    उनी यस अगाडि पनि माछापूच्छ्रे बैंकको एटीएम मेसिन फोर्दै गरेको अवस्थामा पक्राउ परेको अनुसन्धाबाट खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार