Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • धनकुटाबाट ६८ किलो गाँजासहित दुई जना पक्राउ

    धनकुटाबाट ६८ किलो गाँजासहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 270
    SHARES

    धनकुटा । अवैध लागूऔषध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने सुरज थापा र धरान उपमहानगरपालिका-३ बस्ने नारायण श्रेष्ठ रहेका छन् ।



    प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले साँगुरिगढी गाउँपालिका-७ धनकुटा हुक्काबासमा बाग्मती प्रदेश ०१-०२५ च ४६७७ नम्बरको कारलाई जाँच गर्न रोक्न खोज्दा कार नरोकी कारबाट केही सामान फालेर भागेकोमा सामान तलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको थियो ।



    उक्त कारको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले साँगुरिगढी गाउँपालिका-६ स्थित होटल माउन्ट एभरेस्टमा फेला पारी कार चालक सुरज र कारमा सवार नारायणलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार