Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

    लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 216
    SHARES

    फाइल तस्विर

    झापा । प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीय विनोद तामाङ रहेका छन् ।

    भारततर्फबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका- ६ स्थित मेचीपुलमा जाँचका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।



    धादिङ जिल्ला खन्याबास गाउँपालिका–५ बस्ने तामाङको साथबाट ४३.१५ ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



    सोमबार साँझ मेचीपुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोली र सशस्त्र प्रहरीको संयु्क्त टोलीले जाँचका क्रममा उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार