Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • १३० किलो गाँजासहित मकवानपुरबाट ७ जना पक्राउ

    १३० किलो गाँजासहित मकवानपुरबाट ७ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 243
    SHARES

    हेटौंडा । अवैध लागूऔषध गाँजा १३० किलो १५० ग्रामसहित ७ जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका ४ बस्ने २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय वीरमान प्रजा, २७ वर्षीय हरिकुमार प्रजा,राक्सिराङ गाउँपालिका ७ का १९ वर्षीय टिकाराम प्रजा,मनहरी गाउँपालिका ५ का ३६ वर्षीय दिपक थापा मगर,मनहरी–३ का ४४ वर्षीय रामहरी लुईंटेल र एक जना नाबालक रहेका छन् ।



    मनहरी गाउँपालिका–४,माथिल्लो मसिनेबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    उनीहरूलाई पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने पदमपोखरी सेक्टर लामिटारबाट खटिएको नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले नियन्त्रणमा लिएको हो ।

    मंगलबार निकुञ्जको मध्यवर्ती इलाकामा हिँडिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार