Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • २८५ केजी गाँजासहित पनौतीबाट तीन जना पक्राउ

    २८५ केजी गाँजासहित पनौतीबाट तीन जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २२ माघ २०८०
  • 501
    SHARES

    काभ्रे । प्रहरीले ७३ बोरा लागूऔषध गाँजासहित पनौतीबाट तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा गाडी चालक नुवाकोट बिदुर ११ घर भइ हाल काठमाडौं बालाजु डेरा गरी बस्ने बुद्धमान तामाङ, रामेछाप ८ घर भई हाल काठमाडौं बालाजु डेरा गरी बस्ने संजीव तामाङ र रामेछाप ८ घर भइ हाल काठमाडौं बालाजु डेरा गरी बस्ने बिमला तामाङ रहेका छन् ।



    प्रहरीले पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ६ च २९६ नम्बरको डीआइ गाडीबाट २८५ केजी गाँजा बरामद गरेको हो ।



    प्लाष्टिकको विभिन्न आकारका ७३ बोरामा २८५ केजी गाँजा, गाडीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    प्रहरीले चेक गर्ने क्रममा भाग्न खोजेपछि गाँजाको बोरासहित तीनजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

    पनौती रोडको छाला कारखानामा पक्राउ परेका तीनजनामाथि थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार