Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • लागूऔषध खैरो हिरोइनसहित एक जना पक्राउ

    लागूऔषध खैरो हिरोइनसहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 396
    SHARES

    झापा । लागूऔषध खैरो हिरोइनसहित झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    ३९ ग्राम १० मिलिग्राम खैरो हिरोइनसहित प्रहरीले बैतडी दशरथचन्द नगरपालिका-८ का रोशन थापालाई पक्राउ गरेको हो ।



    थापालाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले मंगलबार बिहान पक्राउ गरेको थियो।



    उनी बिर्तामोर्ड नगरपालिका वडा-३ मा हिडडुल गरिरहेका थिए। शंका लागेर चेकजाँच गर्ने क्रममा लागुऔषध खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ।

    यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार