Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • लागूऔषधसहित वीरगन्जबाट दुई भारतीय महिला पक्राउ

    लागूऔषधसहित वीरगन्जबाट दुई भारतीय महिला पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 150
    SHARES

    वीरगन्ज । प्रहरीले लागूऔषधसहित वीरगन्जबाट दुई जना महिलालाई पक्राउ गरेको छ।

    भारतको रक्सौलबाट लागुऔषध लिएर वीरगन्ज आउँदै गरेका दुई भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा भारत बिहारको जिल्ला पूर्वी चम्पारणको रामगढवा घर भएकी ४३ वर्षीया रुकसाना खातुन र त्यही ठाउँकी २० वर्षीया अपसना खातुन रहेका छन् ।



    रक्सौलबाट पैदल आइरहेका दुवै महिलालाई रजतजयन्ति चोकमा रोकेर चेकजाँच गर्दा रुकसानाको साथबाट बुप्रेनोर्फिन १४४ एम्पुल,डाइजेपाम १४९ एम्पुल र फेनरागन १३१ एम्पुल तथा अपसानाको साथबाट बुप्रेनोर्फिन१४८ एम्पुल, डाइजेपाम १४७ एम्पुल, फेनरागन १४७ एम्पुल बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

    दुवै महिलाको साथबाट गरी ८७८ एम्पुल लागुऔषध बरामद भएकोहो। दुवैजनालाई प्रहरीको हिरासतमा राखेर लागुऔषध कसूरसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार