Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • लागुऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ

    लागुऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 261
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले मोरङको सुन्दरहरैचा नगरपालिका–५ डेरा गरी बस्ने विक्रम मगर र सुनसरी इटहरी उपमहानगरपालिका–४ बस्ने पदम निरौलालाई १५ ग्राम ७ मिलिग्राम अवैधलागूऔषध ब्राउन सुगरसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।



    इलाका प्रहरी कार्यालय बेलबारी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।



    कञ्चनपुर, पुनर्वास नगरपालिका–११ डोके बजारबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्राम र लागू औषध जस्तो देखिने कालो पदार्थ २० ग्राम २ सय ५० मिलिग्रामसहित कैलाली कैलारी गाउँपालिका–५ पवेरा बस्ने २१ वर्षीय विजय चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । झापा, बाह्रदशी गाउँपालिका-२ बिरिङ पुलस्थित सडकबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १७ ग्राम ७ सय ४० मिलिग्रामसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा झापा गाउँपालिका-४ बस्ने २३ वर्षीय अलागिर हक, २६ वर्षीय मो। हुसेन र २१ वर्षीय मन्जिर रुलहक रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले शरणामतिबाट खाडिगाउँतर्फ जाँदै गरेको मे.७ प १०२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    यसैगरी झापा, गौरादह नगरपालिका-१ डेरा गरी बस्ने २८ वर्षीय विशाल सुब्बा समेत २ जनालाई अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरादह र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूको कोठाबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

    साथै थप अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने ३५ वर्षीय राजकुमार ताजपुरियालाई २ ग्राम ४ सय ०० मिलिग्राम र २८ वर्षीय कुमार तामाङलाई २ सय ५० मिलिग्राम अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र २५ ग्राम गाँजासहित पक्राउ गरेको छ ।

    इलाम, इलाम नगरपालिका–७ टुडिखेल बस्ने ३० वर्षीय राकेश पाँचकोटी र उनकै श्रीमती २९ वर्षीया निमादेवी शेर्पालाई अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ मिलिग्राम र नगद १३ हजार रूपैयाँसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार