Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • उत्तराखण्डमा पतन्जलीका १४ लाइसेन्स रद्ध, रामदेव र आचार्य बालकृष्णविरुद्ध उजुरी

    उत्तराखण्डमा पतन्जलीका १४ लाइसेन्स रद्ध, रामदेव र आचार्य बालकृष्णविरुद्ध उजुरी

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 426
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको उत्तराखण्ड प्रदेश सरकारले पतञ्जलीका १४ उत्पादनको लाइसेन्स रद्द गरिदिएको छ।

    जडीबुटी औषधि तथा अन्य किराना वस्तु उत्पादन गर्दै आएको पतञ्जलीविरुद्ध सर्वोच्च अदालतले अवहेलाना मुद्दामा जवाफ मागेकै समयमा उत्तराखण्ड सरकारले १४ औषधिको लाइसेन्स खारेज गरिदिएको हो ।



    ‘ड्रग्स एण्ड म्याजिक रेमेडिज एक्ट’को उल्लंघन गरेका कारण रामदेव, आचार्य बालकृष्ण र पतन्जलीविरुद्ध आपराधिक गतिविधिमा उजुरीसमेत दर्ता गरिएको जनाइएको छ ।



    उत्पादन रद्ध गरिएका सामग्रीमा स्वासारी गोल्ड, स्वासारी वटी, ब्रोंकोम, स्वासारी प्रवाही, स्वासारी अवलेह, मुक्ता वटी एक्स्ट्रा पावर, लिपिडोम, बीपी ग्रिट, मधुग्रिट, मधुनाशिनी वटी एक्स्ट्रा पावर, लिवामृत एडवांस, लिवोग्रिट, आइग्रिट गोल्ड र पतन्जली दृष्टि आइड्रप रहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार