Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सुहाङलाई बधाई दिँदै अध्यक्ष ओली भने – आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँछौँ

    सुहाङलाई बधाई दिँदै अध्यक्ष ओली भने – आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँछौँ

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम-२ मा विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् ।

    अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत सुहाङलाई बधाई तथा मतदातालाई धन्यवाद दिएका हुन् ।



    इलाम २ मा नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका छन् ।



    उनले सुहाङलाई इलाम जाँदा कति मतले जितिन्छ भनेर प्रश्न गर्दा जवाफमा सुहाङले इलामेली जनतालाई सोध्नुपर्छ भनेर भनेको समेत उल्लेख गरेका छन् ।

    साथै ओलीले एमालेले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको उल्लेख गर्दै आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै जाने प्रतिवद्धता समेत जनाएको छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार