Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • उपेन्द्रजीले पार्टी कब्जा गर्न खोजेपछि जसपा विभाजन भयो : अशोक राई

    उपेन्द्रजीले पार्टी कब्जा गर्न खोजेपछि जसपा विभाजन भयो : अशोक राई

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 312
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले उपेन्द्र यादवको कार्यशैलीकै कारण आफुहरु अलग भएको बताएका छन्।

    जसपा नेपालबाट अलग भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राईले यस्तो बताएका हुन् ।



    राईले जसपा नेपालको महाधिवेशनलाई एकताको महाधिवेशन नबनाएर कुनै एक व्यक्तिलाई श्रीपेच लगाउने गरी अघि बढाएपछि पार्टी विभाजन गर्न बाध्य बनेको बताए ।



    अध्यक्ष राईले भने, ‘यहाँ अल्पमत र बहुमतको कुरा भएन । महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको थियो । पार्टीभित्रको अन्तर्विरोध र समस्यालाई समाधान गर्न र अगाडिको मार्ग प्रशस्त गर्ने यसको उद्देश्य थियो । तर, यहाँ कुनै नेतालाई श्रीपेचलाई लगाउन खोजियो । पार्टी कब्जा गर्ने रणनीति देखियो ।’

    उनले महाधिवेशनबाट पार्टीको समस्या समाधान गर्नेभन्दा पनि पार्टीलाई कब्जा गर्ने रणनीति लिइएको आरोप लगाए।

    उनले महाधिवेशनका लागि प्रतिनिधि छनोटप्रति नै प्रश्न उठाए । अध्यक्ष राईले अनियमित ढङ्गले महाधिवेशन प्रतिनिधि छनोट गरिएको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार