Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पदम लिम्बुलाई सहिद घोषणा गर्न सांसद अशोक राईको माग

    पदम लिम्बुलाई सहिद घोषणा गर्न सांसद अशोक राईको माग

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 480
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टीका सांसद अशोक कुमार राईले प्रदेश नम्बर १ को नाम कोशी नाम राखिएपछि भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुलाई सहिद घोषणा गर्न माग गरेका छन् ।

    आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रदेश नम्बर १ को नाम कोशी राखिएपछि तीव्र विरोध भएको उल्लेख गरे ।



    सो विरोधको क्रममा भएको आन्दोलनमा  लिम्बुको टाउकोमा गम्भीर ढङ्गले चोट लाग्न पुगेको र उनको मृत्यु भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।



    आन्दोलनमा जनता मारिनुपर्ने स्थितिको अन्त्य हुनुपर्ने भन्दै उनले कोशी प्रदेशमा भइरहेको आन्दोलन रोक्न र मृतकलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार