Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • राष्ट्रिय पुँजीलाई उत्पादनमा जोड्न सरकार क्रियाशील छ: उद्योगमन्त्री भण्डारी

    राष्ट्रिय पुँजीलाई उत्पादनमा जोड्न सरकार क्रियाशील छ: उद्योगमन्त्री भण्डारी

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 216
    SHARES

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले लगानी सम्मेलनमार्फत राष्ट्रिय पुँजीलाई उत्पादनसँग जोड्न चाहेको बताएका छन्।

    लगानी सम्मेलनको सम्मुखमा मन्त्री भण्डारीले राष्ट्रिय पुँजीलाई उत्पादन र उद्यमशीलतामा जोड्ने गरी अघि बढाउन सरकार क्रियाशील रहेको बताएका हुन्।



    उद्योगमन्त्री भण्डारीले भने, ‘हामी सरकारमा छौँ । सरकारमा रहेर निर्वाह गर्नुपर्ने भूमिका समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा जो हाम्रो गन्तव्य हो । आजको चुनौती संविधान कार्यान्वयन भएका झन्डै एक दशकको आसपासमा हामी संविधान जारी गर्‍यौँ । तर पनि आशा र निराशाको बिचमा राष्ट्रिय राजनीति रुमलिइरहेको छ । त्यो निराशालाई चिर्दै आशाबाट हामीले राष्ट्रिय राजनीतिलाई ड्राइभ गर्नुपर्नेछ । त्यो काममा वर्तमान सरकार क्रियाशील रहेको छ ।’



    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पनि सोही कुरामा केन्द्रित रहेर आउने दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार