Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ढुवानी व्यवसायीका समस्या समाधान गर्न सरकार सकारात्मक छ : उद्योगमन्त्री भण्डारी

    ढुवानी व्यवसायीका समस्या समाधान गर्न सरकार सकारात्मक छ : उद्योगमन्त्री भण्डारी

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 198
    SHARES

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ढुवानी व्यवसायीका समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताएका छन् ।

    ढुवानी व्यवसायी महासंघ नेपालको मागपत्र बुझ्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् ।



    उद्योगमन्त्री भण्डारीले ढुवानी व्यवसायीले उठाएका समस्या समाधानमा उद्योग मन्त्रालयबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए ।



    उनले ढुवानी व्यवसायी महासंघका प्रतिनिधिलाई देशभरको आपूर्ति व्यवस्था सहज बनाउन पनि आग्रह गरे ।

    उद्योगमन्त्री भण्डारीले ढुवानी व्यवसायीले बजारमा एकाधिकार जमाएर अरु व्यवसायीलाई आउन नदिएको गुनासो आएको उल्लेख गर्दै ढुवानीमा रहेको एकाधिकार हटाएर सहज वातावरण निर्माण गर्न आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार