Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • साझा पेट्रोल पम्पले आजदेखि चौबिसै घण्टा पेट्रोलियम पदार्थ बिक्री गर्ने

    साझा पेट्रोल पम्पले आजदेखि चौबिसै घण्टा पेट्रोलियम पदार्थ बिक्री गर्ने

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 510
    SHARES

    काठमाडौं । साझा पेट्रोल पम्प अब चौबिसै घण्टा खुला हुने भएको छ ।

    साझा सेवा सहकारी बल्खुमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चौबिसै घण्टा पेट्रोल पम्प खुला गर्ने कार्यक्रम उद्घाटन गरेका हुन्।



    अघिल्लो साताबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पम्प चौबिसै घण्टा खुला गरिएको थियो ।



    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि सुरक्षा निकायले आफ्ना पम्प चौबिसै घण्टा खुला गरेका थिए ।

    नेपाल आयल निगमका अनुसार देशभरि नै एउटा पालिकाभित्र कम्तीमा एउटा पम्प चौबिसै घण्टा खुला गर्ने योजना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार