Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नयाँ गठबन्धनले पनि देशमा चमत्कार गर्छ भन्ने विश्वास छैन : शंकर पोखरेल

    नयाँ गठबन्धनले पनि देशमा चमत्कार गर्छ भन्ने विश्वास छैन : शंकर पोखरेल

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 408
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ समीकरणले पनि देशमा चमत्कार गर्छ भन्ने विश्वास नभएको बताएका छन् ।

    एमाले प्युठान काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले देशको ओरालो यात्रा रोक्न एमाले गठबन्धन भत्काएको जिकिर गरे।



    महासचिव पोखरेलले भने,‘नेपाली समाजमा चरम अराजकताको अवस्था छ, अर्कोतिर नेपालको आर्थिक अवस्था दयनीय अवस्थामा गुज्रिरहेको छ। यही अवस्था लामो समयसम्म गयो भने सम्हाल्न नसक्ने अवस्थामा पुग्छ भन्ने मान्यताको आधारमा मिसन ०८४ भनेर पर्खिएर बस्न हुँदैन, सार्थक हस्तक्षेप गर्नुपर्छ भनेर हामीले एमालेविरुद्ध बनेको गठबन्धनलाई तोड्न सफल भएका छौं। अहिले हाम्रो सहभागीतामा नयाँ समीकरण निर्माण गर्न सफल भएका छौं। र, यो नयाँ समीकरणले अहिले नै देशलाई चमत्कार गर्छ भन्ने विश्वास छैन। ’



    उनले अहिले पनि एमाले अर्जुनदृष्टी मिसन ०८४ नै भएको बताए। उनले एमालेलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्नको लागि आआफ्नो क्षेत्रमा जनमत विभाजित गर्ने साना दलहरुलाई विभाजित गर्न नसक्ने अवस्थामा पुर्‍याउनुपर्छ।

    उनले उपनिर्वाचनको परिणमले आफ्नो पार्टीको पक्षमा ल्याउन सफल भएकाले मिसन ०८४ को सन्देश दिएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार