Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमाले महासचिव पोखरेलले भने – गठवन्धन फुटाउन अनेक षड्यन्त्र भइरहेका छन्

    एमाले महासचिव पोखरेलले भने – गठवन्धन फुटाउन अनेक षड्यन्त्र भइरहेका छन्

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 204
    SHARES

    ताप्लेजुङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्न अनेक षड्यन्त्रहरू भइरहेको दाबी गरेका छन् ।

    ताप्लेजुङमा प्रेस चौतारीले गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो दाबी गरेका हुन् । उनले जसपा विभाजनको उदाहरण दिँदै त्यस्ता षड्यन्त्रको प्रतिरोधमा सांसदहरू नै उत्रिएर पहल लिन थालेको समेत बताए ।



    महासचिव पोखरेलले सरकार ढाल्न भएका प्रयासलाई सांसदहरूले नै असफल पार्न सक्रिय भएको दाबी गरे ।



    महासचिव पोखरेलले भने,‘अहिले पनि सरकार परिवर्तन गर्नका लागि अनेक षड्यन्त्र भइरहेका छन् । तर त्यस्तो कार्यको प्रतिरोधमा सांसदहरू आफैँले पनि सङ्गठित भएर प्रयास गर्न थालेका छन् । जसपाका सांसदहरूले त संगठितरुपमा नै एउटा प्रयास गरिसक्नुभएको छ । मलाई लाग्छ, त्यो क्रम अझै बढ्न सक्छ ।’

    जसपाका सांसदहरूको विद्रोहलाई उनले विधिसम्मत र स्वाभाविक भएको टिप्पणी गरे । महासचिव पोखरेलले मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यका साथ एमालेले मिसन–०८४ को अभियान चलाएको बताए ।

    उनले अहिले एमालेले भागबन्डाको राजनीतिभन्दा पनि तत्काललाई स्थायी सरकार र मिसन–०८४ मा ध्यान लगाएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार