Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कर्णाली सरकारको नेतृत्व एमालेले लिनुपर्छ : महासचिव पोखरेल

    कर्णाली सरकारको नेतृत्व एमालेले लिनुपर्छ : महासचिव पोखरेल

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 273
    SHARES

    सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कर्णालीमा प्रदेश सरकारको नेतृत्व एमालेले लिनुपर्ने बताएका छन् ।

    एमाले सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।



    महासचिव पोखरेलले बदलिँदो राजनीतिक समीकरणसँगै कर्णालीको नेतृत्व एमालेले गर्ने दाबी गरे ।



    महासचिव पोखरेलले भने,लामो समयसम्म माओवादीले नेतृत्व गरिसक्यो, अब एमालेको नेतृत्व माआवादीले स्वीकार गर्नुपर्छ । एमालेको कर्णालीमा परीक्षण हुन बाँकी छ ।’

    मधेश र कर्णालीबाहेक बाँकी ५ प्रदेशमा एमालेले सरकारको नेतृत्व गरिसकेको छ । प्रदेश सरकारको नेतृत्वका लागि कर्णालीका नेताहरू केन्द्रमा धाउन आवश्यक नरहेको उनको तर्क थियो ।

    विगतको गठबन्धन सरकारले नेपालको वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर अवैधानिक अर्थतन्त्रलाई पोषण गर्ने प्रयत्न अपनाएकाले अर्थतन्त्र संकटमा परको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार