Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कप्तान पौडेलले लिए वेस्टइन्डिजको तेस्रो विकेट

    कप्तान पौडेलले लिए वेस्टइन्डिजको तेस्रो विकेट

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 315
    SHARES

    काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्टइन्डिज ‘ए’विरुद्धको पहिलो खेलमा नेपालले तेस्रो विकेट लिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा पाँच खेलको टी- २० सिरिज अन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजका अलिक अथान्जे आउट भएका हुन्।



    ६.५ ओभरमा रोहित पौडेलको बलमा अथान्जेलाई ललित राजवंशीले क्याच आउट गरेका हुन्। उनले २५ बलमा ४७ रनको योगदान गरे।



    त्यस अगाडि दीपेन्द्रसिंह ऐरीको बलमा कप्तान पौडेल र अनिल शाहले आन्द्रे फ्लेचरलाई रन आउट गराएका थिए।

    उनले ५ बलमा १३ रन बनाएर बाहिरिए। त्यसैगरी कमलसिंह ऐरीले पहिलो विकेट लिएका थिए।

    ऐरीले जोनसन चार्ल्सलाई बोल्ड आउट गराएका हुन्। उनी शून्य रनमै बाहिरिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार