Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महाकाली नदीको बहाब एकाएक बढ्यो, १४ वटा ट्र्याक्टरसहित मजदुर थुनिए

    महाकाली नदीको बहाब एकाएक बढ्यो, १४ वटा ट्र्याक्टरसहित मजदुर थुनिए

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 1.7K
    SHARES

    फाइल तस्विर

    महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ वटा ट्र्याक्रसहित मजदुर थुनिएका छन् ।

    इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार आज साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेका १४ ट्र्याक्टरसहित २७÷२८ जना चालक र मजदुर टापुमा फसेका हुन् ।



    प्रहरीका अनुसार महाकालीको बीच टापुमा करिब अढाइ÷तीन सय स्थानीय नदीजन्य वस्तु सङ्कलनका बेला त्यही टहरा बनाएर बस्ने गरेका छन् ।



    सोही क्षेत्रमा अहिले ट्र्याक्टर र मजदुर बसिरहेको र कुनै जोखिम भने नरहेको प्रहरीले जनाएको छ ।

    फसेकाको उद्धारका लागि पहल गरिए पनि जोखिम नभएकाले टापुमै बसिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार