Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन चलाउन रोक

    शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन चलाउन रोक

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 810
    SHARES

    कञ्चनपुर । महाकाली नदीमा बाढी आएपछि शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधनको आवागमन बन्द गरिएको छ ।

    लगातारको वर्षापछि नदीमा पानीको बहाव बढेर एक लाख क्युसेक नाघेपछि आइतबार साँझदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।



    सोमबार बिहान महाकालीमा पानीको बहाव १ लाख ७० हजार क्युसेक पुगेको छ । आइतबार रातिदेखि नै बहाव बढेपछि चारपांग्रे सवारीसाधन आउजाउमा रोक लगाइएको हो ।



    सय वर्ष पुरानो पुल कमजोर भएकाले जोखिम हुन सक्ने भन्दै महाकालीमा पानीको वहाव १ लाख क्युसेक नाघ्नेबित्तिक्कै चार पांग्रे सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार