Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • महाकाली नदीमा पानीले सतर्कता बिन्दु नाघ्यो

    महाकाली नदीमा पानीले सतर्कता बिन्दु नाघ्यो

    अनलाइन नेपाल
  • आइतबार, २१ साउन २०८०
  • 702
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । महाकाली नदीमा पानीको सतहले सतर्कता विन्दु नाघेको छ ।

    पानीले सतर्कता बिन्दु नाघेपछि बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द गरिएको छ ।



    पुल जीर्ण भइसकेकाले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेकभन्दा माथि नाघेपछि बनबासा पुलमा सवारीसाधन आवतजावतमा बन्देज लगाउँदै आइएको छ ।



    शारदा ब्यारेजको बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द भएपछि नेपाल–भारतमैत्री बस सेवा अन्तर्गत महेन्द्रनगरबाट हरिद्वार र दिल्ली चल्ने बस यतिबेला पुलको वारी नै रोकिएका छन् ।

    आज बिहान १० बजेदेखि महाकाली नदीको जलस्तर बढ्न सुरु भएकोमा साँझ ४ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ६३ हजार ९ सय ५० क्युसेक पुगेको छ । अहिले पनि जलस्तर बढ्नेक्रममै रहेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार