Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राजस्व छली गरेको आरोपमा चिनियाँ नागरिकसहित दुईजना पक्राउ, लाखौं रुपैयाँ बरामद

    राजस्व छली गरेको आरोपमा चिनियाँ नागरिकसहित दुईजना पक्राउ, लाखौं रुपैयाँ बरामद

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 498
    SHARES

    काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राजस्व छली गरेको आरोपमा काठमाडौंबाट चिनियाँ नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जियाङ सु होटल एण्ड रेष्टुरेन्ट प्रालिका संचालक चिनियाँ नागरिक याओ लियाङलिन र ठमेलको होटल छेन्दु प्रालिबाट दिपेन्द्र श्रेष्ठ रहेका छन् ।



    दिपेन्द्र महोत्तरी घर भई चाँगुनारायण नगरपालिका १ बस्दै आएका छन् । सिआइबीको टोलीले सोमबार अवैध रूपमा चिनियाँ मुद्रा भित्र्याएर भन्सार तथा राजस्व छली गरेको भन्ने सूचना पाएको थियो ।



    त्यहाँबाट प्रहरीले ३७ लाख ८१ हजार ३५० रुपैयाँ, १२ हजार भारतीय रुपैयाँ, दुई हजार थाई भाट, ५३० अमेरिकी डलर, ३०० युरो डलर, ३२ हजार ७० चिनियाँ युआन बरामद गरेको छ । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरी दिपेन्द्र रहेको होटलमा पुगेको थियो ।

    दिपेन्द्रबाट पनि ९ लाख रुपैयाँ बरामद गरेको सिआइबीका प्रवक्ता तथा सूचना अधिकारी होविन्द्र बोगटीले जानकारी दिए । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागी राजस्व अनुसन्धान बिभाग, हरिहरभवन, ललितपुरमा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार