Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चुहावट रोक्न अर्थमन्त्री महतको चासो

    चुहावट रोक्न अर्थमन्त्री महतको चासो

    अनलाइन नेपाल
  • मंगलबार, २१ चैत्र २०७९
  • 417
    SHARES

    फाइल फोटो

    काठमाडौं । विभागीय मन्त्री नभएको मौका छोपी ठूला भन्सार नाकाहरूमा राजस्व छलीका घटना बढेका बेला नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महतले राजस्व चुहावट नियन्त्रणमा चासो देखाएका छन् ।

    अर्थमन्त्री महतले भारत र चीनका सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि रोक्न र राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिलाई निर्देशन दिएका हुन् ।



    अर्थमन्त्री महतले सोमबार समितिका पदाधिकारीहरूसँग भन्सार नाकाहरूमा र नेपाल–भारतबीचका खुला सीमा क्षेत्रमा भइरहेका चोरीपैठारीका गतिविधिलाई कसरी रोक्ने भन्ने विषयमा छलफल गरेका थिए ।



    उनले राजस्व छली गर्ने व्यापारीले भन्सार नाकाबाट सामग्री नल्याएर चोर बाटो अपनाउने गरेको समेत बताएका थिए । चोरीपैठारी गरी सामग्री ल्याउँदा पनि राजस्वमा असर परेको उनको भनाइ थियो । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार