Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रकाशशरण महतले भने – मेरो कारण गठबन्धन टुटेको होइन, प्रचण्ड धोकेबाज हुन्

    प्रकाशशरण महतले भने – मेरो कारण गठबन्धन टुटेको होइन, प्रचण्ड धोकेबाज हुन्

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आफूहरूले राम्रो काम गर्दागर्दै प्रधानमन्त्रीले धोका दिएको दाबी गरेका छन् ।

    मंगलबार बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँगको संवादमा निर्वतमान अर्थमन्त्रीसमेत रहेका महतले यस्तो दाबी गरेका हुन् ।



    उनले आफ्नो कारणले सरकार र गठबन्धन टुटेको दाबी कपोकल्पित भएको स्पष्टीकरण दिए ।



    अर्थतन्त्रमा लयमा ल्याउँदै गर्दा लगानी सम्मेलन र विश्व बैंकको सम्मेलनको मुखमा प्रचण्डले धोका दिएर नयाँ गठबन्धन बनाएको महतको भनाइ छ ।

    उनले आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गरेको पनि जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार