Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रतिनिधिसभाको बैठक जेठ १ गतेसम्मका लागि स्थगित

    प्रतिनिधिसभाको बैठक जेठ १ गतेसम्मका लागि स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 270
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ ।

    कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले जेठ १ गतेसम्मका बैठक स्थगित गरेका हुन् ।



    बैठकमा नेपाली कांग्रेस सांसदहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने मागसहित उठेर नाराबाजी गर्दै अवरुद्ध गरेका थिए ।



    उनीहरुले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगीबारे संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने चेतावनीसमेत दिए ।

    सभामुख घिमिरेले पटक-पटक बस्न आग्रह गर्दा पनि कांग्रेस सांसदहरु बस्न नमानेपछि बैठक यही जेठ १ गतेसम्मका लागि स्थगित गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार