Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गृहमन्त्री आफैँले फारम भरेर एक अर्ब ऋण लिएको प्रमाण छ : गगन थापा

    गृहमन्त्री आफैँले फारम भरेर एक अर्ब ऋण लिएको प्रमाण छ : गगन थापा

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 456
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछाने आफैँले फारम भरेर सरकारीबाट ऋण लिएको दाबी गरेका छन् ।

    प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा कांग्रेसका तर्फबाट धारणा राख्दै महामन्त्री थापाले यस्तो दाबी गरेका हुन् ।



    महामन्त्री थापाले भने, ‘गृहमन्त्रीमाथि सहकारीको करोडौँ रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । तर कुनै अभियोजन भएको छैन । अनुसन्धानसम्म पनि भएको छैन । प्रधानमन्त्री आफैँ संसद्‌मा उभिएर झुट बोल्नुभएको छ । के यहाँ गृहमन्त्रीले आफैँ फारम भरेर एक अर्ब रुपैयाँ ऋण लिएको प्रमाण पेस गरौँ ? कुन-कुन प्रमाणहरु पेस गरौँ ?’



    उनले एक अर्ब रुपैयाँ ऋण लिएको प्रमाण प्रहरीले नै संकलन गरेको भन्दै त्यतिका प्रमाणहरु हुँदा समेत अभियोजन नभएकोबारे प्रश्न गरे ।

    महामन्त्री थापाले सहकारीको अर्बौँ रुपैयाँ अपचलनको आरोप लागेका गृहमन्त्री लामिछाने अनुसन्धानबाट भाग्न खोजिरहेको बताए ।

    उनले कांग्रेसले विगतमा सरकारलाई सहयोग पुग्ने गरी सदन सञ्चालन गर्न दिएको भन्दै अब संस्दीय छानबिन समिति नबनेसम्म सदनका कुनै पनि कामकारबाही अगाडि बढ्न नदिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार