Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • छानबिन समिति नबनेसम्म सदनको कुनै कामकारबाही अघि बढ्दैन : महामन्त्री थापा

    छानबिन समिति नबनेसम्म सदनको कुनै कामकारबाही अघि बढ्दैन : महामन्त्री थापा

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 279
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा छानबिन समितिको गठनको माग गरेका छन् ।

    सभामुख देवराज घिमिरेले समय दिएपछि प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    महामन्त्री थापाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने बताए।



    महामन्त्री थापाले सदन नचल्नुको जिम्मेवार सरकार नै रहने बताए। उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महान्यायाधिवक्तको कार्यालयको दुरुपयोग गरेको बताए ।

    उनले पहिलो बैठकमा उभिएर सभामुखसँग समय मागेर बोल्न नचाहेपनि उभिएर बोल्नुपरेको बताए । उनले संसदमा सांसदहरूको प्रश्नको घाँटी बन्द गर्न खोजिएको दाबी गरे ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले सदन चले नचलोस् सरकार चल्छ भनेको बताउँदै धेरै पटक प्रधानमन्त्री भएको पार्टीले त्यो कुरा बुझ्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार