Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गगनलाई गृहमन्त्री लामिछानेको चुनौती – सहकारीबाट ऋण मागेको प्रमाण देखाउनुस् राजनीति छाड्छु

    गगनलाई गृहमन्त्री लामिछानेको चुनौती – सहकारीबाट ऋण मागेको प्रमाण देखाउनुस् राजनीति छाड्छु

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 423
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट आफूले ऋण दिएको प्रमाणित गर्न कांग्रेस महामन्त्री गगन थापालाई चुनौती दिएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा कांग्रेसको निरन्तर अवरोधपछि सदन स्थगित भएपछि गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।



    गृहमन्त्री लामिछानेले भने,‘गगनजीलाई चुनौती दिन चाहन्छु, मैले कुनै निवेदन दिएर ऋण मागेको प्रमाण दिनुभयो भने म राजनीति छोडिदिन्छु । दिन सक्नुभएन भने उहाँले राजनीति छोड्नुपर्छ । यो स्वीकार गर्न तयार हो ?’



    संसद् बैठक अवरुद्ध गरेको कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले ऋण लिन निवेदन दिएको प्रमाण रहेको बताएका थिए । उनले आफूलाई एक पटक सदनमा बोल्न दिन माग गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार