Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • नेपालमा विकासको अभियान सुरु भयो : अर्थमन्त्री महत

    नेपालमा विकासको अभियान सुरु भयो : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 591
    SHARES

    नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विकासको अभियान सुरु भएको बताएका छन् ।

    नुवाकोटको बेलकोटगढी नगरपालिका–१ स्थित बेलकोट भञ्ज्याङ माविको स्वर्णजयन्ती कार्यक्रममा उनले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढ्न सुरु भएको बताए ।



    विगतका वर्षमा देशको राजनीतिक अस्थिरता, द्वन्द्व, विनाशकारी भूकम्प, कोरोना संक्रमणलगायत कारणले प्रभावित भएको अर्थतन्त्र गतिशील बन्दै गएको उनले उल्लेख गरे ।



    “नेपालमा अब विकासले क्रमशः गति लिएको छ । हामी उद्यमी–व्यवसायीको आत्मविश्वास जगाउनुपर्छ,” अर्थमन्त्री महतले भने, “मूल्यवृद्धिको दर क्रमशः घट्ने क्रममा छ । सेयर बजार उकालो लाग्दै छ । पर्यटकको आगमन र राजस्व वृद्धिले देशमा सम्भावनाको अवसरलाई कार्यान्वयन गर्न सकिने आशा जगाएको छ ।”

    देशको अर्थतन्त्र सुधारोन्मुख भएसँगै सरकारको अबका प्राथमिकता गुणस्तरीय शिक्षा र रोजगारी सिर्जनातर्फ केन्द्रित रहेको अर्थमन्त्रीले बताए ।

    “आगामी वैशाखमा हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमार्फत वैदेशिक लगानी भित्र्याउन प्रयास गरिनेछ । देश सकारात्मकतर्फ अघि बढेको छ,” उनले भने, “केही हुन्छ भन्ने भावनालाई जनताको बीचमा पुर्‍याउनुपर्छ । भ्रम र नकारात्मक टिप्पणी बन्द गर्नुपर्छ ।”

    सो अवसरमा अर्थमन्त्रीले विद्यालयका निम्ति आवश्यक भौतिक संरचनाको निर्माण, गाउँको विकासका लागि सडकसहितको पूर्वाधार विकासको प्रबन्ध मिलाउन पहल गर्ने प्रतिबद्धता जनाए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार