Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्र बैंकका ६ जना कार्यकारी निर्देशकहरुको सरुवा, को कहाँ पुगे ?

    राष्ट्र बैंकका ६ जना कार्यकारी निर्देशकहरुको सरुवा, को कहाँ पुगे ?

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 402
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ६ जना कार्यकारी निर्देशकहरुको सरुवा गरेका छन् ।

    बैंक सुपरीवेक्षण विभागमा कार्यरत रहेका देवकुमार ढकालले वित्त व्यवस्थापन विभागको जिम्मा पाएका छन् ।



    मानव संसाधन विभागका मुकुन्दकुमार क्षेत्रीलाई सूचना प्रविधि विभागमा, सूचना प्रविधिका नरेश शाक्यलाई मानव संसाधन विभागको जिम्मेवारी दिइएको छ ।



    त्यस्तै विवादास्पद रेवती प्रसाद नेपाललाई आन्तरिक लेखापरीक्षण विभागमा लगिएको छ । उनी आजसम्म लघुवित्त संस्था सुपरीवेक्षण विभागमा छन् ।

    वित्त व्यवस्थापन विभागका रामु पौडेललाई बैंक सुपरीवेक्षण र आन्तरिक लेखापरीक्षण विभागका विमलराज खनाललाई लघुवित्त संस्था सुपरीवेक्षण विभागको जिम्मेवारी दिइएको छ ।

    शुक्रबारदेखि लागु हुनेगरी गभर्नर अधिकारीले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार