Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज लिए उजुरी गर्नुस् : गभर्नर अधिकारी

    बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज लिए उजुरी गर्नुस् : गभर्नर अधिकारी

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज लिए उजुरी गर्न आह्वान गरेका छन् ।

    राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । गभर्नर अधिकारीले बाहिर हल्ला गरेर अराजकतालाई सहयोग गर्नुको साटो प्रमाणसहित उजुरी दिन आह्वान गरे।



    उनले बढी ब्याज लिएको प्रमाणित भए फिर्ता गराउने बताए । गत आर्थिक वर्ष बैंकहरुले लिएको ४ अर्ब ७६ करोड रुपैयाँ बढी ब्याज रकम फिर्ता गराएको गभर्नर अधिकारीले बताए ।



    केहीले नेताहरु भेट्दै १६/१८ प्रतिशत ब्याज बैंकले लिएको भन्दै हिँड्ने गरेको भन्दै गभर्नर अधिकारीले सो दरको ब्याज लिएको भएमा तथ्यसहित राष्ट्र बैंकमा उजुरी गर्न आग्रह गरे ।

    त्यस्तै, गभर्नर अधिकारीले अर्थमन्त्री डा.प्रकाशशरण महत र आफुबीचको सम्बन्धमा कुनै समस्या नरहेको स्पष्ट पारे । गभर्नर अधिकारीले भने,‘बजेटमा भएको कुन बिषयमा राष्ट्र बैकले सहयोग गरेको छैन ? राष्ट्र बैंकले सरकारसँग समन्वयात्मक रुपमा काम गरिरहेको छ ।’

    पछिल्लो समय आर्थिक शिथिलताका कारण खराब कर्जा बढेको उल्लेख गर्दै गभर्नर अधिकारीले खराब कर्जा बढेकै कारण अहिले लाभांशमा कडाइ गर्नु परेको बताए ।

    रिपेमेन्टका कारण केही व्यवसायीमा समस्या परेको उनले स्वीकार गरे । ऋण लिएपछि तिर्ने योजना पनि बनाउनु पर्ने गभर्नर अधिकारीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार