Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गभर्नर अधिकारी भन्छन्- मौद्रिक नीतिको समिक्षाले ब्याजदर थप घट्छ

    गभर्नर अधिकारी भन्छन्- मौद्रिक नीतिको समिक्षाले ब्याजदर थप घट्छ

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 528
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समिक्षाले ब्याजदर थप घट्ने बताएका छन् ।

    शुक्रबार मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक पछि राखिएको पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले भने, ‘आर्थिक असहजतालाई सहज बनाउनको लागि मौद्रिक नीति लचिलो बनाएका छौँ ।’



    तेस्रो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले नीतिगत दरलाई साढे ८ प्रतिशतबाट घटाएर साढे ७ प्रतिशतमा झारेको छ ।

    उनले समीक्षामार्फत बैंक तथा वित्तीय संस्थालाई औचित्य हेरेर कर्जा पुनसंरचना गर्ना छुट दिइएको पनि जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार