Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अर्थ समितिमा गभर्नरले भने – मुलुकको वर्तमान आर्थिक स्थिति सहज अवस्थामा छ

    अर्थ समितिमा गभर्नरले भने – मुलुकको वर्तमान आर्थिक स्थिति सहज अवस्थामा छ

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 486
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको बताएका छन्।

    बुधवार अर्थ समितिको बैठकमा ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धमा संक्षिप्त रिपोर्ट पेश गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।



    गभर्नर अधिकारीले मुलुकको वर्तमान आर्थिक स्थिति सहज अवस्थामा रहेको दाबी गरे। उनले आन्तरिक तथा बाह्य चुनौतीका बाबजुद पनि मुलुकको वर्तमान आर्थिक स्थिति सहज रूपमा अघि बढिरहेको दाबी गरे।



    गभर्नर अधिकारीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीतिको समीक्षा प्रायः आइसकेको पनि संकेत गरे । मौद्रिक नीतिको पूर्वसन्ध्यामा गभर्नर अधिकारीले राष्ट्र बैंक मौद्रिक नीति कार्यान्वयनमा नै रहेको र आवश्यक रणनीतिहरू निर्देशन, निर्देशिकाले सम्बोधन गरिरहेको बताए।

    असोज महिनासम्मको पछिल्लो वित्तीय रिपोर्ट अनुसार अर्थतन्त्रको बाह्य क्षेत्र सबल हुँदै गएको बताउँदै गभर्नर अधिकारीले लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कात्तिकमा आएर पुनः ३८ प्रतिशतले घटेको बताए ।

    यस्तै व्यापार घाटा पनि ३३ प्रतिशतले घटेको उनको भनाइ छ । २०८० असोजसम्म विप्रेषण आप्रवाह २० प्रतिशतले बढेका कारण चालु खाता रु. ५९ अर्बले बचतमा रहेको गभर्नर अधिकारीको भनाइ छ ।

    यसका साथै गत आर्षको तुलनामा विदेशी लगानीको आप्रवाह पनि बढेकोले शोधानान्तर बचत पनि २०८० असोजसम्म रु.९९ अर्ब कायम हुन गएको गभर्नर अधिकारीले बताए । २०७९ असोजसम्म रु. ८ करोड जति विदेशी लगानी आएकोमा चालु आर्थिक वर्षको असोजसम्म ३३ करोड प्राप्त भएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार