Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • कांग्रेस प्रवक्ता महतले भने – रविलाई जोगाउनकै लागि सरकारले छानबिन समिति गठन गरेन

    कांग्रेस प्रवक्ता महतले भने – रविलाई जोगाउनकै लागि सरकारले छानबिन समिति गठन गरेन

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 237
    SHARES

    सुनसरी । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछानेलाई जोगाउनकै लागि सरकारले संसदीय छानबिन समिति गठन नगरेको आरोप लगाएका छन् ।

    प्रेस युनियन सुनसरीले इटहरीमा गरेको एक कार्यक्रममा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् । प्रवक्ता महतले संसदीय छानबिन समिति गठन गर्दा लामिछाने दोषी देखिने सम्भावना रहेको दाबी गरे ।



    सरकारलाई दिएको समर्थन फिर्ता हुने डरले छानबिन समिति गठन गर्न सरकार अनिच्छुक देखिएको उनको भनाई छ ।



    कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीको छानबिन हुनुपर्ने माग राख्दा लामिछानेले गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडेको प्रवक्ता महतले आरोप लगाए ।

    सहकारी ठगी प्रकरणमा कांग्रेसले निष्पक्ष छानबिन हुनुपर्ने माग राखेको बताउँदै प्रवक्ता महतले कांग्रेसको माग अनुचित नरहेकाले दाबी गरे ।

    लामिछाने छानबिन गर्ने निकायको प्रमुख भएर बसिरहँदा आफूमाथिका आरोपहरू निष्पक्ष छानबिन हुन नसक्ने प्रवक्ता महतको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार