Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • भारतको निर्वाचनका कारण कैलालीका सीमानाका आजबाट बन्द

    भारतको निर्वाचनका कारण कैलालीका सीमानाका आजबाट बन्द

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 345
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीका सीमा नाका आजबाट बन्द हुने भएका छन् ।

    जिल्ला प्रशासन कार्यालय कैलालीकाले बिहीवार सूचना जारी गरी आज साँझ ६ बजेदेखि ३१ गते मतदान सम्पन्न नभएसम्म कैलाली जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने जनाएको हो ।



    भारतको उत्तरप्रदेश राज्यको खिरी जिल्लामा यही वैशाख ३१ गते तद्नुसार मे १३ मा हुन लोकसभा निर्वाचन हुँदैछ ।



    निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सीमा नाका बन्द गरिने सूचनामा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार