Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • दार्चुलाको सीमा क्षेत्रमा लफडा, नेपाली-भारतीयबीच ढुंगा हानाहान

    दार्चुलाको सीमा क्षेत्रमा लफडा, नेपाली-भारतीयबीच ढुंगा हानाहान

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 1.3K
    SHARES

    दार्चुला । दार्चुलामा नेपाल–भारत जोड्ने सीमा नाकामा तनाव सृजना भएको छ ।

    आइतबार साँझ महाकाली नगरपालिका-४ पुलघाटमा करिब ४ बजेतिर दुई पक्षबीच ढुंगा हानाहान भएको हो ।



    महाकाली पारि भारतीय पक्षले तटबन्‍धन बनाउन ग्याबिन वालहरू लगाइरहेको छ । त्यसक्रममा कामदारले सुरूमा ढुंगा हानेपछि यताबाट पनि हानेर पठाएको प्रहरीले जनाएको छ ।



    उक्त घटनापछि जिल्लाबाट डिएसपीको कमान्डमा टोली खटिएको छ। त्यस्‍तै अहिले दुई पक्षबीच वार्ता भइरहेको छ । विवाद बढ्दै गएपछि नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पुलमा आवतजावतसमेत बन्द गरिएको छ ।

    नेपाल र भारतका स्थानीयले ढुङ्गा हानाहान गरेका र केही व्यक्ति घाइते भएका प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार