Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा, उपाधिका लागि डर्टमण्डसँग भिड्ने

    रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा, उपाधिका लागि डर्टमण्डसँग भिड्ने

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 636
    SHARES

    एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिड फाइनल प्रवेश गरेको छ ।

    घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा हिजो २–१ र समग्रमा ४–३ को जित निकाल्दै रियल म्याड्रिड फाइनलमा पुगेको हो ।



    शुरुमा एक गोलले पछि परेको अवस्थामा खेलको अन्तिमतिर मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियल फाइनल प्रवेश गरेको हो ।



    बायर्न म्युनिखका अल्फोन्सो डेविसले खेलको ६८ औँ मिनेटमा गोल गरेर अग्रता बनाएका थिए । बायर्न म्युनिखको घरेलु मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो ।

    रियलले अब फाइनलमा उपाधिका लागि जर्मन टोली बोरुसिया डर्टमण्डसँग खेल्नेछ । च्याम्पियन्स लिगको फाइनल आउने जुन २ ताखिमा बेलायतमा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार